तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा एक कोरोना सङ्क्रमितको मृत्यु

सोलुखुम्बु। सोलुखुम्बुमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ की ६७ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृत्युअघि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मृत्यु भएपछि एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।यससँगै जिल्लामा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

पछिल्लो समय जिल्लामा कोरोनाको सङ्क्रमण घट्ने क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button