तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ट्रिपर दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५, चरचरे मा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधवार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गतको चर्चरेमा टिपर दुर्घटना हुँदा टिपर चालक पुर्वखोला गाउँपालिका –५ बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुनढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नम्बरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपर सडकदेखि ३ सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटना घाइते भएका गैरेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइए पनि चिकित्सकले गैरेलाई मृत घोषणा गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button