तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक जारी

काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु भएको हो।

बिहान १० बजे बस्ने भनिएको बैठक नेपाल पक्षका कार्यदलका सदस्य भीम रावल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेपछि बैठक केहीबेर पर धकेलिएको थियो ।

बैठकमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा नेताहरु घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त, भिम आचार्य सहभागी हुनुहुन्छ ।

कार्यदलका संस्थापन सदस्य एवं एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीका अनुसार हिजोसम्मका वार्ताहरु सकारात्मक छन् । केही प्राविधिक बिषयहरुमा छलफल जारी छ । ‘अस्ति भन्दा आशावादी हुने ठाउँ बढेको छ’ ज्ञवालीले भन्नुभयो ‘यसपाली पार्टीलाई एकतावद्ध गर्ने कुरामा हामी टुंगोमा पुग्छौं भन्ने अपेक्षा छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button