तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा निषेधाज्ञा असार ३१ गतेसम्म लम्बियो, शुक्रबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

तनहुँ । तनहुँमा असार २५ शुक्रवार वाट सार्वजनिक यातायात समेत सञ्चालन हुने भएको छ ।

आज बुधवार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले शुक्रवार वाट जोर बिजोर प्रणालीमा राजमार्गमा सार्वजनिक यातायात सञ्चालन सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक सेवा बिहान ५ देखि १२ र अन्य पसल बिहान ९ देखि दिउँसो ३ बजेसम्म खुला राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।जिल्लामा निषेधाज्ञा असार ३१ गतेसम्मको लागु हुने गरी लम्बाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button