छथरजोरपाटी गाँउमा औद्योगिक ग्राम निमार्ण कार्य तीव्ररूपमा अगाडि बढ्दै
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं ३ सिंभुवा गाँउमा निमार्ण भइरहेको औद्योगिक ग्रामको निर्माण कार्य तीव्र पारिएको छ ।
निर्माणाधीन औद्योगिक ग्रामको एक कार्यक्रमका बिच निवर्तमान सङ्घीय संसद् राजेन्द्र कुमार राईले अनुगमन तथा निरीक्षण गर्नुभयो ।
सङ्घीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार उद्योग मन्त्रालयको बहुवर्षिय योजना अन्तरगत गत मङ्सिर महिनाबाट पहिलोचरणको औघोगिक ग्राम निमार्ण कार्य सुरु गरिएका हो । २०७७। ०७८ मा ९२ लाख विनियोजित ग्राम निमार्णका लागि मोरङ चिसाङ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपैयाँ ठेक्कामा निर्माण कार्य भइरहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनु भयो ।
अहिले पहिलो चरणको निमार्णकार्य तीव्र रुपमा अगाडि बढिरहेको वडा नं ३ का वडा अध्यक्ष ज्ञान बहादुर लिम्बुले बताउनु भयो । ९१ रोपनी सरकारी जग्गामा निमार्ण सुरु गरिएको औघोगिक ग्रामको दुई वटा भवन ३ कोठो, शौचालय , औघोगिक ग्राम जाने बाटो १ सय ५० मिटर सोलिङ, ३ सय मिटर कम्पाउन्ड वाल, २० हजार लिटर ग्रामका लागि पानी जम्मा गर्ने टंयाकी, ग्राउन्ड फिल्ड निमार्णका काम भईरहेकोे वडा अध्यक्ष लिम्बूले बताउनु भयो । निवर्तमान सांसद राईले वर्षै पिछे औघोगिक ग्राम निमार्णका लागि बजेट विनियोजन हुने जानकारी गराउनु हुँदै निमार्ण कार्यलाई व्यवस्थित र चाडै निमार्ण सकिन्न गरी तीव्र ढङ्गले निमार्ण काम अगाडि बढाउन आग्रह गर्नु भयो ।
औघोगिक ग्राम निमार्ण पछि गाउँपालिका भित्रका महिला दिदी बहीनीले रोजगारी पाउने आसा गरिएको भन्दै ग्राममा अचार बनाउने , टपरा बुन्ने र स्थानीय उत्पादन कच्चा पदार्थबाट विभिन्न किसिमका उत्पादन गर्नु पर्ने स्थानीय बिष्णु भुजेलले बताउनु भयो । अनुगमन निरीक्षणका क्रममा नेकपा एमाले धनकुटाका स्थानीय तह विभागका संयोजक शिव आङला, उपाध्यक्ष भिमकला श्रेष्ठ, इन्जिनियर, स्थानीय र सञ्चारकर्मीको टोली सहभागी थिए । ग्राम सञ्चालनका लागि जम्मा ३३ वटा भवन निमार्ण हुने निमार्ण समितिले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्