बजेटले लिएको खर्चको लक्ष्यमध्ये ७१.१२ प्रतिशत रकम खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको असार २१ गते सम्ममा बजेटले लिएको खर्चको लक्ष्य मध्ये ७१. १२ प्रतिशत रकम खर्च भएको छ ।
यस दिन सम्ममा नेपाल सरकारको समग्र खर्च १० खर्ब ४८ अर्ब रुपैयाँ बराबरको भएको छ । कुल खर्चमध्ये चालु तर्फको ७ खर्ब ९२ अर्ब अर्थात् ८३.७९ प्रतिशत र पुँजीगततर्फ १ खर्ब ६८ अर्ब अर्थात् ४७.७१ प्रतिशत खर्च भएको छ ।
यस अवधिमा वित्तीय व्यवस्थापनतर्फ ८५ अर्ब २८ करोड अर्थात् ४९.३६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताउनु भयो ।
आर्थिक वर्ष सकिन ९ दिन बाँकी रहँदा सरकारको खर्चको गति बढेको छ । असार महिना सुरु भएपछि एकै दिनमा १० अर्बभन्दा बढी सम्म खर्च हुन थालेको थियो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असार महिनाको २१ दिनमा सरकारले १ सय ३० अर्ब खर्च गरेको छ । यो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्यका साथ बजेट ल्याएको थियो ।








प्रतिक्रिया राख्नुहोस्