तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख कोषबाट कञ्चनरुपमा फिटनेस क्लब सञ्चालन

सप्तरी । ग्रामीण कञ्चन युवा क्लब कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कंचनपुर सप्तरीको आयोजना तथा नगर प्रमुख कोषबाट कञ्चनरुप नगरपालिकाको सहयोगमा मङ्गलवार फिटनेस क्लबको उद्घाटन भएको छ ।

क्लबको उद्घाटन गर्दै नगर प्रमुख वसन्त कुमार मिश्रले मानिसलाई स्वस्थ रहन व्यायामको अति नै आवश्यक हुने भएकाले फिटनेस क्लबको सञ्चालनले यस भेगका नागरिकलाई व्यायाम गर्न सजिलो हुने बताउनुभयो ।

नगर प्रवक्ता एवं वडा नं.–८ का वडा अध्यक्ष राजकुमार साह, वडा नम्बर ४ र ३ का वडा अध्यक्षद्वय रामनारायण प्रसाद साह र सत्यनारायण साह, वडा सचिव कविता बस्नेत सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक, क्लबका उपाध्यक्ष अभिषेक गुप्ता लगायतका वक्ताहरूले फिटनेस क्लबको सञ्चालनले यस भेगका जनताको लागि ठुलो उपलब्धि भएको बताउनुभयो ।

क्लबका अध्यक्ष सञ्जय पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button