तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु

सप्तरी । सप्तरीमा टिप्परले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर नगरपालिका वडा नम्बर ११ की ४० वर्षीया कौसिला चौधरी रहेकी छन् ।


मङ्गलवार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर ११ स्थित बेङ्गरी चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ क २८० नम्बरको टिप्परले साइकल यात्री कौसिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको छ भने ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button