तपाईँ सुन्दै हुनुहुन्छः

एक्ले फाँटमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको एक्लेफाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 
आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाटमा मङ्गलवार सवारी दुर्घटना हुँदा एक्ले फाँटका ३१ वर्षीय दुर्गा भुजेलको घटनास्थलमै मृत्यु भएको र पछाडि सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।


डुम्रेबाट आँबुखैरनीतर्फ गइरहेको लु८प ८३५३ नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ गइरहेको ना६ख ६११८ नम्बरको ट्रकको पछाडि ठोकिएर पुनः आँबुखैरेनीतर्फ गइरहेको ना६ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो ।

उक्त घटनामा संलग्न ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button