तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा जारी निषेधाज्ञा साउन १ गते सम्मका लागि थप

धनगढी । कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै साउन १ गते सम्मका लागि थप गरिएको  छ । 


प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय सिफारिसमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै साउन १ गतेसम्म थप गरिएको बताउनुभयो । 

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात सिट क्षमता अनुसार सुरक्षा मापदण्ड पालना गरी जिल्लाभित्र चल्न दिने, होटेल, बजार पसल बिहान ५ बजेदेखि राती ८ बजे सम्म खोल्न दिने निर्णय भएको उहाँले बताउनुभयो ।


यसैगरी बैठक, गोष्ठी, तालिम, प्रशिक्षण लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमा उपस्थित हुनुपर्ने भएमा बढीमा २५ जना सहभागी हुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने भनिएको छ ।

साथै भिडभाड हुने क्षेत्र सभा–सम्मेलन, मनोरञ्जन स्थल, जिम खाना, खेलकुद, सैलुन, शैक्षिक संस्था लगायत पूर्ण रुपमा बन्द रहने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button