तपाईँ सुन्दै हुनुहुन्छः

अण्डा र खसी बोकामा अनुदान पाएपछि उत्पादन बढाउँदै सल्यानका किसान

सल्यान। अण्डा र खसी बोकामा अनुदान पाउन थालेपछि सल्यान किसानहरूले उत्पादनलाई वृद्धि गर्न थालेका छन् । मासिक दुई हजार अण्डा र वार्षिक ५ ओटा खसी बोका बिक्री गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि उत्पादन वृद्धि गर्न किसान लालयित भएका हुन ।

किसानहरूलाई पशुपंक्षीपालन तर्फ आकर्षित गर्न गाउँपालिकाले दूध, अण्डा र खसी बोका उत्पादन गर्ने कृषकहरूलाई अनुदान दिँदै आइरहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तरगत किसानलाई अनुदान दिँदै आइरहेको उनले बताए । उनले भने ‘कृषिलाई सव्य र मर्यादित पेसाको रुपमा विकास गर्न र किसानहरूलाई कृषि प्रति जागरूक र प्रोत्साहन गर्न यस प्रकारका कार्यक्रम गर्दै आइरहेका छौँ ।’

गत आर्थिक वर्षमा वार्षिक ५ वटा भन्दा बढी जिउँदो खसी बोका बिक्री गर्ने ५७ जना कसानलाई २ लाख ३९ हजार अनुदान प्रदान गरेको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताउनुभयो । यस्तै मासिक २०० सय भन्दा बढी अण्डा बिक्री गर्ने २ जनालाई ६६ हजार ७ सय ६२ रुपैयाँ प्रदान गरिएको छ ।गाउँपालिकाले वार्षिक ५ वटा भन्दा बढी खसी बोका र मासिक २ हजार अण्डा उत्पादन गरी बिक्री गर्ने किसानलाई ५० हजारसम्म अनुदान रकम दिन सकिने कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमको सञ्चालन विधिमा रहेको रावतको भनाई छ ।
चालु आर्थिक वर्षका लागि तथ्याङ्क सङ्कलनको अन्तिम चरणमा रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button