तपाईँ सुन्दै हुनुहुन्छः

भोटखोला जाने सडक तीनदेखि अवरुद्ध

किमाथाङ्का। सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको हो ।

उत्तर दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिराका कारण शनिवार देखी सदरमुकाम खाँदवारिबाट भोटखोला गाउँपालिका जाने सो सडक खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन सोमबार एउटा स्काभेटरबाट काम भइरहेको इन्जिनियर गौतमकुमार श्रेष्ठले बताउनुभयो । थप पहिरो नआए अवरुद्ध सडक बुधवार पुनः सञ्चालन हुने उहाँको भनाइ छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।

अहिले सदरमुकाम खाँदवारिबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन् । सडक खण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button