तपाईँ सुन्दै हुनुहुन्छः

झापामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात पनि सञ्चालनमा

झापा । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाएको निषेधाज्ञा थप खुकुलो गरिने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकको निर्णयअनुसार जारी निषेधाज्ञामा अब झापाबाट मोरङ, सुनसरी तथा इलाम सम्म सार्वजनिक यातायात पनि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न भनिएको छ ।

असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने तर खुकुलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाद्धारा हस्ताक्षारित निषेधाज्ञा आदेशमा बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने जनाइएको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक–अवे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button