तपाईँ सुन्दै हुनुहुन्छः

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बाजुरा।बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाकी एक गर्भवतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सोही गाउँपालिका–३ गोत्रीकी १८ वर्षीया कमला विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत कोल्टीमा उद्धार गरेर नेपालगन्ज लगेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार गर्भवती विष्टका पेटमा शिशु उल्टो भएकाले जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको हो ।

कम उमेरमै विवाह गरेका कारण शिशु पाउन नसक्दा र पेटमा उल्टो भएका कारण कोल्टीमा सुत्केरी गराउन नसकी बाहिर पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button