तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आजदेखि सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा

नेपालगन्ज।बाँकेमा आजदेखि सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आएका छन् । असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो ।

यसअघि गत असार १४ गतेदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिइएको थियो । जिल्लामा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि असार १३ गतेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि अनुमति दिइएको थिएन ।

हिजोदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन चल्न दिइएपछि आज सडकमा धेरै गाडी गुडेका छन् । पसल व्यवसाय पनि बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइएको छ । सभा, सम्मेलन, गोष्ठी, विद्यालय, कलेज सञ्चालनमा भने अझै रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button