तपाईँ सुन्दै हुनुहुन्छः

युरोकप फूटबल: आज इटाली र स्पेन भिड्दै

काठमाडौँ। १६ औं संस्करणको युरोकप फूटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । राति १२ः४५ मा सुरु हुने यी दुई टोलीबीचको खेलमा दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति १२ : ४५ मा सुरु हुनेछ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।यस्तै स्पेनले स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button