तपाईँ सुन्दै हुनुहुन्छः

ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने मुद्दामा फरार रहेका हेटौँडा उपमहानगरपालिका–१२ बस्ने २७ वर्षीय मिथुन तितुङलाई पक्राउ गरेको छ । 


जिल्ला अदालत मकवानपुरको २०७७ माघ २८ गतेको फैसलाले ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय तोकेको तितुङलाई प्रहरीले आइतबार हेटौँडा–२ बाट पक्राउ गरेको हो । तितुङलाई अदालतमा उपस्थिति गराएर बाँकी कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो । 


यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्दामा ९ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेको हेटौँडा–९ को ४७ वर्षीय कमल पराजुलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएको प्रहरी प्रवक्ता दासले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button