तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको निषेधाज्ञामा खुकुलो, सरकारी कार्यालय र निजी सवारी खुल्ने

पाल्पा । पाल्पामा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा असार ३१ गतेसम्म थप गरिएको छ । एक साता थप गरिएको निषेधाज्ञा केही खुला राखिएको छ । 


पाल्पामा अत्यावश्यक सेवाहरू चौबिसै घण्टा खुल्नेछन् । यस्तै सबै प्रकारका पसलहरू ३ बजेसम्म खुल्ने भएका छन् । यस अघि बन्द रहेका होटेल तथा व्यवसायहरू बिहान ७ देखि साँझ ७ बजेसम्म खुल्ने भएको छ ।


यसैगरी सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था समेत सम्पूर्ण रुपमा खुल्ने भएको छ । निजी सवारी साधनहरू भने खुला रहने भएका छन् । यस्तै सार्वजनिक यातायात भने पूर्ण रूपमा बन्द रहने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button