तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा निषेधाज्ञा असार मसान्तसम्म थप

कञ्चनपुर । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः १० दिन थप गरी असार मसान्तसम्म कायम गरिएको छ । 


जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकबाट गरिएका निर्णयको आधारमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को अधिकार प्रयोग गरी असार ३१ गते राति १२ बजेसम्म केही खुकुलो गरी निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button