सल्यानबाट वार्षिक १६ करोडभन्दा बढीको खसी बोका निकासी

सल्यान । सल्यानमा खसी बोका बिक्रीबाट वार्षिक १६ करोडभन्दा बढीको रकम भित्रिने गरेको छ ।
पछिल्लो समय खसी बोकाको व्यावसायिक पालन बढ्न थालेपछि वार्षिक १६ करोडभन्दा बढीको खसी बोका जिल्ला बाहिर निर्यात हुने गरेको हो ।
जिल्लामा दैनिक एक सयदेखि दुई सयसम्म खसी बोका जिल्ला बाहिर निकासी हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनुभयो ।
जिल्लामा वार्षिक ८० हजार खसी बोका उत्पादन हुने, ४० हजार जिल्लामै खपत र बाँकी ४० हजार जिल्ला बाहिर निर्यात हुने गरेको उहाँको भनाई छ ।

जिल्लामा अहिले १ सय ४१ फर्म नै दर्ता भएर व्यावसायिक बाख्रा पालन हुँदै आइरहेको र जिल्लाका सबैको घरधुरीमा कम्तीमा पनि ३ देखि ५ सम्म बाख्रा पालन हुँदै आइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा हाल ३ लाख ७६ हजारभन्दा बढी बाख्रा रहेको उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्