तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाले ल्यायो कृषि बाली तथा पशु बिमा कार्यक्रम

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले कृषि बाली तथा पशु बिमाको कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा बाली तथा पशु बिमा कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

प्राकृतिक प्रकोपबाट बाली तथा पशुधनमाथि समय समयमा हुने नोक्सान वा क्षतिलाई कम गर्न बिमा कम्पनीसँग समन्वय गरी कृषि तथा पशु बिमा गर्नका लागि आवश्यक प्रबन्ध मिलाइने सोलुदूधकुण्ड नगरपालिकाका प्रवक्ता शारदामाया तामाङले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका किसानहरूलाई उत्साहित गर्न र व्यवसायमा टिकाउनका लागि यस्तो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रका अधिकांश स्थानीय कृषि र पशुपालन व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button