बेवारिसे मृगको पाठो जङ्गलमा छोडियो

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा बेवारिसे अवस्थामा फेला परेको मृगको पाठो छोडिएको छ ।
कालिकास्थानको खालीगडा बस्ने ५८ वर्षका जयबहादुर बिष्टको बाख्रा गोठमा आइतबार राति पसेको पाठो आज छोडिएको हो ।
बिष्टले डिभिजन बन कार्यालय विनायकमा उक्त कुराको जानकारी गराउनुभएको थियो ।
डिभिजन वन कार्यालयको आदेशअनुसार इलाका प्रहरी कार्यालय विनायक, सरोकारवाला र पत्रकारलाई जानकारी गराई उक्त मृगको पाठो कालिका सामुदायिक बनको बिचमा छोड्ने आदेश अनुसार पाठोलाई छोडिएको हो ।

पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानका वडाध्यक्ष सज्जन बहादुर शाही, इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज भरत बहादुर रोकाया, सब डिभिजन कार्यालय विनायकका वन रक्षक धर्मराज सिजापति, स्थानीय लगायतको रोहबरमा मृगको पाठो छोडिएको हो ।








प्रतिक्रिया राख्नुहोस्