तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको नौ वटा नगरपालिका मध्ये कञ्चनरुप नगरपालिका उत्कृष्ट

सप्तरी । सप्तरीको नौ वटा नगरपालिकामा कञ्चनरुप नगरपालिका उत्कृष्ट भएको छ भने नै वटा गाउँपालिकामा रुपनि गाउँपालिका उत्कृष्ट भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको दोस्रो जिल्ला सभामा कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकालाई सबै भन्दा राम्रो काम गरेको उत्कृष्ट ठहर गर्दै सम्मान गरिएको हो ।त्यसै गरी कञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका , जिल्ला समन्वय समिति सप्तरीका गंगाराम साह र कमलेश्वर विरागीलाई राम्रो काम गरेकोमा उत्कृष्ट कर्मचारी भएको भन्दै सम्मान गरिएको थियो ।

जिल्ला सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादवले स्थानीय तहले सोचे अनुसारको काम गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहले जनतामुखी भएर काम गर्नुपर्ने भनेर सुझाव समेत दिनुभएको थियो ।प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र, तिलाठि कोइलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सभामा जिल्ला समन्वय समितिका सप्तरी प्रमुख प्रभाकर यादवले जिल्लाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा जिल्ला सभा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button