पौडी खेल्न गएका दुई किशोर खोलाले बगाएर बेपत्ता

पाँचथर । पाँचथर जिल्लाको याङवरका गाउँपालिका पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर आइतबार बेपत्ता भएका छन् ।
आइतबार दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाको याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोरहरू खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ रहेको प्रहरीले जनाएको छ ।
पौडी खेल्न भनी उनीहरू इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरहरूले गाउँमा आई स्थानीयवासीलाई खबर गरेका थिए ।
दिउँसो करिब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली समेत घटना स्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् ।








प्रतिक्रिया राख्नुहोस्