छुट्टाछुट्टै दुर्घटनामा बालिकासहित दुई जनाको मृत्यु
बारा । बारामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका वडा नं.७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादव रहेका छन् ।
शनिबार साँझ यादवले आफ्नै घरको चापाकलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागी गम्भीर घाइते भएका यादवलाई उपचारको लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
यस्तै, कलैया उपमहानगरपालिका वडा नं.१० को खाल्डोमा जमेको पानीमा डुबेर सात बर्षिया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं.१० की सात वर्षीया मनीषाकुमारी राम रहेकी छन् ।








प्रतिक्रिया राख्नुहोस्