तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । 


जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्वपश्चिम राजमार्गबाट बा५८प ४८७८ नम्बरको मोटरसाइकलमा सवार कृष्णपुर–२ वाणी बस्ने २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरी पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button