‘खेलाडी खेतमा दुई दिन’ अभियान

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका, जितपुरफेदीमा शनिबार धान रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियान थालनी भएको हो ।
अभियानको शुभारम्भमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुदमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेललगायत नेता सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्