तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल खेलकुद महासङ्घ धनकुटाको १ सय १३ सदस्यीय जिल्ला कार्यसमिति गठन

धनकुटा । नेपाल खेलकुद महासङ्घ धनकुटाको जिल्ला भेला १ सय १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।  

नेकपा एमाले धनकुटाका अध्यक्ष तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्य तथा जिल्ला खेलकुद महासङ्घका अध्यक्ष ऋषि राम पराजुलीको अध्यक्षतामा सम्पन्न जिल्ला भेला १ सय १३  सदस्यीय कार्यसमिति तथा सात वटै स्थानिय तहमा संयोजक र सचिव घोषणा गर्दै सम्पन्न भएको हो ।  

जिल्ला कमिटी अध्यक्षमा ऋषि राम पराजुली रहनु भएको छ भने उपाध्यक्षमा भूपाल घले, महिला उपाध्यक्षमा दालामु शेर्पा, सचिव कृष्णा मल्ल ,सहसचिव गणेश लिम्बु, सहसचिव महिला अनु राई, सहसचिव पदम चेम्जुङ, सहसचिव बुद्ध लिम्बु, र कोषाध्यक्ष टिका राईसहित १ सय १३ सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button