पहिरो खस्दा अवरुद्ध बनेको तनहुँको डुम्रे–बेसीशहर सडक खण्ड सञ्चालनमा

तनहुँ । निरन्तर परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध बनेको तनहुँको डुम्रे र लमजुङ जिल्लाको बेशिसहर जोड्ने ‘डुम्रे–बेशिसहर सडक’खण्ड सञ्चालनमा आएका छ ।
गत बिहीबारदेखि अवरुद्ध बनेको यो सडक शनिवार दिउँसोबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।
सडक माथिबाट खसेको पहिरो बिहीबार खसेको पहिरोले अवरुद्ध बनेपछि शुक्रवार पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको थियो । शक्रबार साँझ पुनः पहिरो खसेपछि यो सडक खण्ड अवरुद्ध बनेको थियो ।
भानु नगरपालिकामा पर्ने भन्सार, रमाइलो डाँडा, अँधेरी खोला, खहरे, चामवास, तुरतुरे र पाँच सय फाँटमा गएको पहिरो डोजरले हटाएर यातायात सुचारु गरिएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो ।
यातायात अवरुद्ध हुँदा एम्बुलेन्स समेत सञ्चालन गर्न नपाउँदा बिरामीलाई बढी समस्या परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्