पर्साको छिपहरमाईमा आगलागी, एक घर गोठ जलेर नष्ट, लाखौँको क्षति
बीरगंज । पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा गए राति आगलागी हुँदा एक घर गोठ जलेर नष्ट हुनुका साथै ३ वटा चौपायाको जलेर मृत्यु भएको छ ।
गए राति १० बजे लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा स्थानीय बृजकिशोर यादवको गोठ घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने आगलागीमा ३ वटा चौपाया मरेको र २ चौपाया घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ३ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाको कारण आगलागी भएको स्थानमा जाने बाटो अवरुद्ध भएको कारण दमकल पुग्न नसकेपछि स्थानीय बासिन्दाले नै आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्