मानव बस्तीमा जङ्गली हात्ती प्रवेश गरेसँगै स्थानीय आतङ्कित
रौतहट । रौतहटको मानव बस्तीमा आज बिहानैदेखि जङ्गली हात्ती प्रवेश गरेसँगै स्थानीय आतङ्कित बनेका छन् ।
जङ्गल क्षेत्रबाट करिब ३० किलोमिटर दक्षिणको गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा सहितको गाउँमा जङ्गली हात्तीको प्रवेश रहेको छ ।
हात्तीलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा निकुञ्ज र डिभिजन बन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि अझै नियन्त्रणमा लिन सकिएको छैन ।
जङ्गली हात्तीले गरुडा नगरपालिकाको शिबनगर र माधवनारायण नगरपालिको मिठुअवाको दुई घर भत्काएको छ ।
स्थानीयको धानको भकारी जङ्गली हात्तीले भत्काउँदा क्षति पुगेको छ । अविरल वर्षा भएसँगै जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्