तपाईँ सुन्दै हुनुहुन्छः

खेत रोपिरहेको अवस्थामा चट्याङ्ग खस्दा तीन जना घाइते

बीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज बिहान खेत रोपिरहेको अवस्थामा चट्याङ्ग खस्दा तीन जना महिला घाइते भएका छन् ।

हावाहुरीसहित परेको अविरल वर्षासँगै चट्याङ्ग खस्दा सखुवा प्रसौनी गाउँपालिका वडा ४ देउरबानाका तीन जना महिला घाइते भएको प्रहरीले जनाएको छ ।

खेतमा रोपाई गरिरहेको अवस्थामा चट्याङ्ग परेपछि स्थानीय गीता देवी, मैना देवी र रम्भा देवी घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ्ग लागेर बेहोस भएका महिलाहरूलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याइएको र महिलाहरूको उपचारपछि होस खुलेको जनाइएको छ ।

अहिले उनीहरूको अवस्था सामान्य रहेको छ । दुई दिन अघि पर्साको सखुवाप्रसौनी, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा चट्याङ्ग पर्दा तीन जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button