बैतडीका १० वटै स्थानीय तहमा ९० प्रतिशत रोपाई सम्पन्न
बैतडी । बैतडी जिल्लाका १० वटै स्थानीय तहमा ९० प्रतिशत कृषकहरूले रोपाई गर्ने कार्य सम्पन्न गरेका छन् ।
सिँचाई सुविधा उपलब्ध भएको सबै ठाउँमा रोपाई सम्पन्न भई आकासे पानीको भरमा रोपाई गर्ने कृषकहरूको मात्र रोपाई गर्न बाँकी रहेको हो ।
बैतडी जिल्लाको कुल खेतीयोग्य जमिन २५ हजार ७ सय हेक्टर मध्ये १२ हजार ५ सय हेक्टरमा रोपाई गरिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्