तपाईँ सुन्दै हुनुहुन्छः

कलेस्ती खोलाले बगाएर ८० वर्षीय वृद्ध बेपत्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्ती खोलाले बगाएर आज एक बृद्ध बेपत्ता हुनुभएको छ ।

घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता हुनुभएको हो ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । ती वृद्धको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button