तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा बाढीले बगाएर ल्याएको एक पुरुषको शव भेटियो

चितवन । चितवनको रत्ननगर नगरपालिका–७ सौराहास्थित रुपनारायण चौधरीको खेतमा एक पुरुषको शव फेला परेको छ ।
कालो ज्याकेट, निलो जिन्सको हाफ पाइन्ट लगाएको अन्दाजी ४० देखि ४५ वर्षको एक पुरुषको शव फेला परेको बछौली प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र धितालले जानकारी दिनुभयो ।

बुढी राप्तीमा आएको बाढीले शव बगाएर ल्याएको हुनसक्ने उहाँले बताउनुभयो । प्रहरीले घटनास्थलबाट शव उठाइसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button