कोपा अमेरिका फुटबलमा क्वाटर फाइनलका खेल

काठमाडौँ । कोपा अमेरिका फुटबलमा क्वाटर फाइनलका खेल हुँदै छन् ।
पहिलो खेल नेपाली समय अनुसार (बिहान) पौने ३ बजे पेरु र पाराग्वेबीच प्रतिस्पर्धा हुने छ । पेरु समूह बिमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको टिम हो भने पाराग्वे समूह एमा तेस्रो स्थानमा रहेको थियो ।
यसैगरी भोलि बिहान पौने ६ बजे ब्राजिल र चिली आमने सामने हुने छन् । ब्राजिल समूह बीको विजेता हो भने चिली समूह ए को चौथो स्थानमा रहेको टिम हो ।








प्रतिक्रिया राख्नुहोस्