‘नयाँ कम्पनीलाई इजाजत दिने निर्णय भएको छैन’
काठमाडौँ । बिमा समितिले थप नयाँ कम्पनीलाई इजाजत दिने कुनै पनि निर्णय नभएको जनाएको छ ।
समितिले विभिन्न सञ्चार माध्यमहरूमा नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनी आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो निर्णय नभएको उल्लेख गरेको छ ।
समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजु रमण पौडेलले समितिले कुनै पनि नयाँ जीवन बिमा, निर्जीवन बिमा तथा लघु बिमा कम्पनीलाई इजाजत पत्र दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारबाही समेत नगरेको ध्यानाकर्षण पत्र मार्फत स्पष्ट पार्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्