मकवानपुरमा थप ६० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१ सय १७ जनामा गरिएको पिसिआर परीक्षणमा २३ जना र ९१ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३७ जना गरी थप ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या ११ हजार १ सय ७९ जना पुगेको कार्यालय जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ७७ जना र संस्थागत आइसोलेसनबाट १३ जना गरी ९० जना सङ्क्रमणमुक्त भएका हुन् ।
योसँगै हालसम्म १० हजार १ सय १६ जना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल ८ सय ८८ जना सक्रिय संक्रमित उपचाररत रहेको कार्यालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणको कारण थप २ जना सङ्क्रमितको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत थप २ जना सङ्क्रमितको मृत्यु भएसँगै जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्