तपाईँ सुन्दै हुनुहुन्छः

बागचौरमा राष्ट्रिय आविष्कार केन्द्रको मिनी अक्सिजन प्लान्ट

सल्यान । सल्यानको बागचौर नगरपालिकामा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । 

कोभिड–१९ को महामारीका बीच सङ्क्रमितको लागि आवश्यक अक्सिजन अभाव हुन नदिन नगरपालिकाले स्थापना गरेको कोभिड–१९ आइसोलेसन केन्द्रमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको हो । 

राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए । मिनी अक्सिजन प्लान्ट जडानपछि महामारी थप जटिल बने र सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परेको अवस्थामा अक्सिजनको अभाव नहुने उनको भनाई छ । 

एकैसाथ १२ वटा बेडमा बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनी अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य शाखा प्रमुख हरि कठायतले बताए । 

विभिन्न उपकरणको प्रयोगमा ७ वटा अक्सिमिटरबाट सङ्कलन गरिएको अक्सिजन पाइप मार्फत बेडमा पुर्‍याइएको कठायतले बताए । मिनी अक्सिजन प्लान्ट जडान गरेपछि नगरपालिकामा अक्सिजनको चरम अभाव नहुने उनको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button