तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजको मुख्य बजार जलमग्न, आपतकालिन उद्धारका लागि सडकमा नै डुङ्गा सञ्चालन

बीरगंज । अविरल वर्षासँगै आएको बाढीले वीरगंजको मुख्य बजार आदर्श नगर क्षेत्र जलमग्न भएपछि आपतकालिन उद्धारको लागि ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले आदर्श नगरमा सडकमै डुङ्गा राखेको छ ।

आज बिहान अविरल वर्षापछि झन्डै ३ फिटभन्दा बढी पानी जमेको र स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई घरबाट निस्किन तथा आवतजावत गर्न समस्या भएपछि आपत्कालिक उद्धारका लागि डुङ्गा राखिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

आपत्कालिक उद्धारका लागि सो डुङ्गा घडिअर्वा पोखरीका सञ्चालक सुशील साह कानुले उपलब्ध गराउनु भएको हो ।

डुङ्गा सञ्चालनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता वीरगंज, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर र वीरगंज युवा समाजले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने समेत खेतानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button