तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दी नदिको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुङ्गे पुल भत्कायो

तनहुँ । अविरल वर्षका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ ।तनहुँको आवुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ गोप्लिङ जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ ।

तनहुँको एक्ले फाँटतर्फ जिप राखेको जमिन भासिएर पुलको दुवै पोल नदिमा पुगेको आबुँखैरेनी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष कटकबहादुर थापाले बताउनुभयो ।’जमिन भासिने क्रम अझै रोकिएको छैन ।’ वडाअध्यक्ष थापाले भन्नुभयो ’नदी छेउका घरहरू जोखिममा छन् ।’

उक्त पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरी लगायतका स्थानीय आउजाउ गर्ने गरेको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।अहिले उक्त स्थान जान ड्यामको लामो बाटो प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । पुलबाट २० मिनेटमा पुगिने ठाउँ अब १ घण्टा लाग्ने भएको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।

पुलको छेउमा एउटा घर रहेको छ । उक्त जोखिममा रहेको छ । उक्त पुल खोल्न पोखराबाट प्राविधिक बोलाइएको वडाअध्यक्ष थापाले जानकारी दिनुभयो । ’काठ, दाउरा बगाएर ल्याउँदा नअड्कियोस् भनेर पुल खोल्न लागिएको हो । वडाअध्यक्ष थापाले भन्नुभयो ।

मर्स्याङ्दी नदी छेउमा रहेका ७ घर र होटलहरु समेत जोखिममा रहेका छन् ।गोरखातर्फ रहेको धार्मिक स्थल अकला मन्दिर आउजाउ गर्ने पनि त्यही झोलुङ्गे पुल रहेको उहाँले जानकारी दिनुभयो ।

पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button