तपाईँ सुन्दै हुनुहुन्छः

सहिदभुमिका ४३ विपन्नको घरको छाना फेरिए

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ६ मा रहेका गरिब तथा अति विपन्न ४३ घरपरिवारले सुरक्षित आवास कार्यक्रम मार्फत जस्तापाताले घरको छाना लगाएका छन् । 

सहिदभुमि गाउँपालिकाको अध्यक्षसँग विपन्न कार्यक्रम ,नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम  र वडा सदस्यसँग विपन्न कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७,७८ को विनियोजित बजेट मार्फत प्रतिव्यक्ति ५० हजारका दरले २१ लाख बराबरको जस्तापाता खरिद गरेर ४३ घरपरिवारलाई वितरण गरिएको वडा अध्यक्ष हेम कुमार राईले जानकारी दिनुभयो । 

वडा र  गाउँपालिकाले गरिबको रेखामुनि रहेका पराल तथा खरको छाना भएका र विभिन्न प्रकोपका कारण घरबार विहीन भएका परिवार छनोट गरी त्यस्ता परिवारलाई सुरक्षित आवासको व्यवस्था र  जस्तापाता वितरण गर्दै आइरहेको वडा कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button