मुग्लिन–नारायणगढ सडकमा ट्रकमाथि नै खस्यो पहिरो

चितवन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ ।
उक्त सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका ६ जलवीरे नजिकै जाममा लामबद्ध रूपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो ।

पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोमा ग २ च ४०२९ नं। को एउटा स्कोरपियो गाडी पनि फसेको छ । पहिरोले अर्को एउटा यात्रु बाहक बसमा समेत सामान्य क्षति पुर्याएको छ । उक्त राजमार्ग अहिले पूर्ण रूपमा दुईतर्फी नै बन्द रहेको छ ।
पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानैदेखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ ।

बुधवारदेखि निरन्तरको बर्षाका कारण पहिरो गइरहने भएकोले मुग्लिन–नारायणगढ सडक खण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्