पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको केही समय नबित्दे पुनः अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउसो ३ बजे सञ्चालनमा आएको उक्त सडक खण्ड भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा साँढे ३ बजे पहिरो जाँदा अवरुद्ध बनेको हो ।
हाल २ वटा डोजर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको र पुनः सुचारु हुने केही समय लाग्ने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्