२४ वर्षपछि फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले २४ वर्षपछि एक फरार प्रतिवादी पक्राउ गरेको छ । जीउ मास्ने बेच्ने मुद्दामा कञ्चनपुरको पुर्नवास नगरपालिका –८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो ।
२०५४ सालमा जिल्ला अदालत कञ्चनपुरबाट १५ दिन कैद भई फरार रहेका धामीलाई बुधवार प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई कारागार चलान गरिएको छ ।
त्यसै गरी मानव बेचबिखन मुद्दामा ५० हजार जरिवाना लिई लगत बसेका कञ्चनपुरको भीमदत्त नगरपालिका –१८ का यादप पाण्डेयलाई पनि प्रहरी पक्राउ गरी जरिवाना असुल गरेको छ ।
त्यस्तै कृष्णपुर नगरपालिका –४ का चन्द्र बहादुर साउदलाई जालसाजी मुद्दामा पक्राउ गरी ३७ हजार पाँच सय जरिवाना असुल गरेको छ । भने सार्वजनिक मुद्दामा तीन सय जरिवाना भई लगत बसेका बैतडी हटैराज गाउँपालिका –४ की लक्ष्मी चन्दलाई पक्राउ गरी जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्