तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले पुरिएर एक चेपाङ पुरुषको मृत्यु

चितवन ।  चितवनको कालिका नगरपालिकामा पहिरोले पुरिएर एक चेपाङ  पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर  ११ दानेटारका अन्दाजी ५२ वर्षीय ज्ञानबहादुर चेपाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज  दिउँसो २ बजे आफ्नो घरबाट आफन्तको घरतर्फ जाने क्रममा एक्कासि माथिबाट खसेको पहिरोले उनलाई पुरेको थियो । खोज तलासको क्रममा पहिरोले बगाएको स्थानमा भन्दा केही तल घैयाबारी भन्ने स्थानको खोलाको छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button