तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पनि सुरु हुने भयो पुन उडान

भोजपुर। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको हवाई उडान भोजपुरमा पनि पुन सुरु हुने भएको छ ।मुलुकको आन्तरिक हवाई उडान झन्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्ने गरी उडान तालिका बनाए पछि भोजपुरमा पनि हप्तामा ६ उडान हुन लागेको नेपाल बायु सेवा निगम भोजपुरले जनाएको छ ।निगमका अनुसार आगामी असार २१ गतेबाट सोमवार, मङ्गलवार, बुधवार, बिहीबार, शुक्रवार र शनिवार गरी हप्तामा काठमाडौँ भोजपुर ६ उडान हुने छ । कोभिड सङ्कटका कारण गत वैशाख २० गतेबाट आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो ।

उडान पुन सुरु हुने भए पछि समस्यामा परेका र जिल्लाबाट थप उपचारका लागि काठमाडौँ लानु पर्ने बिरामीलाई थप सहज भएको नेपाल बायु सेवा नियम भोजपुरका प्रमुख प्रकाश खडकाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button