हात्तीको आक्रमणबाट उदयपुरमा एकको मृत्यु
उदयपुर ।उदयपुरको बेलका नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका २ रामनगर बस्ने वर्ष ४० को कमल यादब रहेको छन् ।
बुधवार राती जङ्गली हात्ती गाउँ पस्दा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार गाउँ पसेको हात्तीलाई धपाउने क्रममा उनको मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्