कमला नदिको बिच टापुमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

धनुषा। अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बिच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्धार गरेको छ ।रातको समयमा तरकारी कुर्न गएका उनीहरू अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बिच भागमा रहेको टापुमा फसेका थिए ।
उक्त टापुमा केही व्यक्तिहरू फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथ पुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरू सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारी छन् ।








प्रतिक्रिया राख्नुहोस्