चितवनमा पहिरोले तीन घर बगायो, दुई जनाको मृत्यु, ३ जना बेपत्ता

चितवन । चितवनमा पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का कृष्णलाल चेपाङ र मोतिलाल चेपाङको घर पहिरोले बगाएको छ । पहिरोले सो घरहरूमा बस्दै आएका चार जनालाई बगाएको छ ।जसमध्ये एक जना पुरुषको शव भेटिएको छ भने ३ जना अझै बेपत्ता रहेको राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिनुभयो । मृतकको पहिचान हुन सकेको छैन । पहिरोले बगाएको घरमध्ये एउटामा एक जना र अर्कोमा ३ जना रहेका थिए ।
यस्तै राप्ती–१२ कै फूलडाँडामा पनि लालबहादुर चेपाङको घरमा पहिरोले क्षति पु¥याएको छ ।यस्तै कालिका नगरपालिका–११ का ५० वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा परेर मृत्यु भएको छ । बाङचोती खोलामा पहिरोले बगाएर चेपाङको मृत्यु भएको उनका आफन्त समेत रहेका वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्